नियम १०४
सम्पत्ति विवरण पेश गर्ने
(१) सैनिक व्यक्तिले भर्ना भएको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सबै प्रकारका चल अचल सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण कार्यरथी विभाग समक्ष पेश गर्नु पर्नेछ । सैनिक अधिकृतले यस्तो विवरण पेश गर्दा दुई प्रति भरी पेश गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र सम्पत्तिको विवरण पेश गर्न नसक्ने सैनिक व्यक्तिले त्यस्तो विवरण पेश गर्न नसक्नाको कारण सहित उल्लेख गरी म्याद थपको लागि अनुरोध गरेमा सम्बन्धित निकाय वा अधिकारीले बढीमा तीस दिनसम्मको म्याद थप दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम थप गरेको म्यादभित्र पनि सम्पत्तिको विवरण पेश नगर्ने सैनिक व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिवाना गरी निज र निजको परिवारको नाममा गैरकानूनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले
अनुसन्धान गर्न सक्नेछ ।
(४) यस नियम बमोजिम पेश हुन आएको सम्पत्ति विवरण गोप्य राखिनेछ । तर अनुसन्धान र तहकिकातको सिलसिलामा सम्पत्ति विवरण माग हुन आएमा त्यस्तो विवरण सम्बन्धित अधिकारीलाई उपलब्ध गराउन सकिनेछ ।
(५) सम्पत्ति विवरणको अभिलेख कार्यरथी विभागले राख्नेछ ।
(६) यस दफा बमोजिम सम्पत्ति विवरण पेश नगर्ने सैनिक व्यक्तिको विवरण तीस दिन भित्र कार्यरथी विभागले मन्त्रालयमा पठाउनु पर्नेछ र यसरी प्राप्त हुन आउने विवरण मन्त्रालयले ऐनको दफा ६२ बमोजिमको समितिमा पठाउनु पर्नेछ ।